थप ७२८ लाइसेन्स छापियो, तपाईंको छापियो कि नाई?

0 Shares

काठमाडौं । लाइसेन्स छपाइ जिम्मा पाएको मुद्रण विभागअर्न्तगतको सेक्युरिटी प्रिन्टिङ प्रेसले यातायात व्यवस्था विभागलाई थप ७२८ वटा लाइसेन्स हस्तान्तरण गरेको छ ।

यसअघि सेक्युरिटी प्रिन्टिङ प्रेसले विभिन्न चरणमा विभागलाई लाइसेन्स छपाइ गरी हस्तान्तरण गर्दै आएको थियो ।

विभागले पछिल्लो पटक लाइसेन्स आवेदन दिएका ग्राहकलाई फेसबुकबाट जानकारी दिँदै आएको छ । लाइसेन्स छपाइ गृन दुई संस्थाबीच कात्तिक १२ मा सम्झौता भएको थियो ।

सम्बन्धित समाचार