बढ्यो सुनको मूल्य, चाँदीको मूल्यमा रेकर्ड

0 Shares

काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य एक हजार रुपैयाँले बढेको हो ।

बुधबार प्रतितोला दुई लाख ५२ हजार १०० रुपैयाँमा कारोबार भएको सुन आज दुई लाख ५३ हजार १०० रुपैयाँमा कारोबार भएको छ ।

आज चाँदी प्रतितोला ५५ रुपैयाँले बढेको छ । बुधबार प्रतितोला तीन हजार ७५० रुपैयाँमा कारोबार भएको चाँदी आज तीन हजार ८०५ रुपैयाँमा कारोबार भएको छ ।

सम्बन्धित समाचार