जेनजी आन्दोलनबाट त्रसित पूर्व कृषि मन्त्री रामनाथ अधिकारी चुनाब नलड्ने घोषणा

0 Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्व कृषि मन्त्री रामनाथ अधिकारीले जेनजी पुस्ताको आन्दोलनबाट त्रसित भएपछि आगामी फागुन२१ गतेको चुनाव नलड्ने घोषणा गरेका छन् ।
उनले माघ ११ मा हुने राष्ट्रिय सभा निर्वाचन र फागुन २१ मा हुने प्रतिनिधि सभा प्रत्यक्ष तथा समानुपातिक कतै पनि आफूले उम्मेदवारी नदिने घोषणा गरेका हुन्। मन्त्री र सांसद हुँदा खास्सै काम नगरेपछि युवाहरुमा आक्रोस बढेको छ । आफ्नै क्षेत्रमा अलोप्रिय भएकाले पुनः चुनाव लड्ने अधिकारीले आट नगरेका हुन् ।

भदौ २३ र २४ गते जेनजी पुस्ताको आन्दोलनका बेला उनी कृषि मन्त्री थिए। जेनजी पुस्ताले आन्दोलनबाट डराएपछि सुरुमै राजीनामा दिएका थिए ।
आकांक्षी उम्मेदवारको नाम संकलन गरी माथिल्लो समितिमा सिफारिस पठाउन बसेको क्षेत्रीय समितिको संयुक्त बैठकमा बोल्दै कांग्रेस धादिङ सभापतिसमेत रहेका अधिकारीले आफू उम्मेदवार नहुने घोषणा गरेका हुन्। २०७९ को प्रतिनिधि सभा चुनावमा उनी धादिङ क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए।

सम्बन्धित समाचार