0
Shares
बुटवल । प्रहरीले प्रहरी नायव उपरीक्षक (डीएसपी) मधु नेपाललाई पक्राउ गरेको छ । नवलपरासी पूर्वमा कार्यरत उनलाई बहुविवाहको कसुरमा पक्राउ गरेको हो ।
उनलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीको टोलीले पक्राउ गरेको हो । उनकी श्रीमतीको उजुरीको आधारमा अदालतबाट पक्राउ पुर्जी लिई नेपाललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
उनीविरुद्ध तीन दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको छ । उनले बहुविवाहबारे थप प्रमाण बुझ्ने काम भइरहेको प्रहरीले जनाएको छ ।