काठमाडौं । करिब तीन दशक सक्रिय पत्रकारितामा बिताएका नारायण तिवारीले आफ्ना पुस्तक दान गरी हनुमानस्थाननजिकै पार्कमा खुला पुस्ताकलय स्थापना गरेका छन् ।
आइतबार तिवारीका सहपाठीहरूले संयुक्त रुपमा खुला पुस्ताकालयको औपचारिक उद्घाटन गरेका हुन् । खुला पुस्ताकालय सञ्चालन गर्नका लागि तिवारीले पुस्तकसँगै दराजको व्यवस्था गरेका थिए ।
‘आफूले पढिसकेका किताब अरुले पनि पढुन् भन्ने लाग्यो, पार्कमा फुर्सद पनि हुन्छ, पठन संस्कृति पनि जगाऔँ भन्ने लागेर यो अवधारणा ल्याएको हुँ,’ उनले भने, ‘सुरुवातमा अनानगरको हनुमानस्थानको पार्क छेउमा बनाएका छौँ, पार्कमा बस्छन, किताब पढ्छन् ।’
पुस्ताकालय स्थापना गर्नका लागि १५० वटा किताब र र्याक दिएको उनको भनाइ थियो । ‘ठूला भ्रम र सपनाभन्दा साना कर्मले समाज र देशलाई सहयोग पुर्याउन सक्छु कि भन्ने हो, यो अभियानलाई सकेसम्म देशैव्यापी बनाउने योजना छ,’ उनले थपे ।