‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचय पत्र लिन सम्पर्कमा आउन सरकारको आग्रह

0 Shares

काठमाडौं । सरकारले ‘जेनजी’ प्रदर्शनमा घाइते भएकामध्ये परिचय पत्र छुटेको व्यक्तिलाई सम्पर्कमा आउन आग्रह गरेको छ ।

गृह मन्त्रालयले आज एक सूचना जारी गरी परिचय पत्र लिन छुटेकाले सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा आफै उपस्थित भएर आवश्यक विवरण पेस गरी प्रक्रियामा आउने अनुरोध गरेको हो । मन्त्रालयले हालसम्म ५३६ जना घाइतेले परिचय पत्र बनाइसकेको पनि जनाएको छ ।

हाल जिल्ला प्रशासन कार्यालयबाट धमाधम घाइतेहरूको वर्गीकरण गरी स्वास्थ्य मन्त्रालयमा विवरण पठाइरहेको पनि जनाइएको छ ।

यसैबीच काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी तथा सहायक प्रवक्ता मुक्तिराम रिजालले कार्यालयबाट कुल १६९ जना घाइतेको वर्गीकरण गएिको जानकारी दिए ।

उनले तीमध्ये अति गम्भीर घाइते १५, गम्भीर घाइते ५१, मध्यम घाइते ३६ र सामान्य घाइतेमा ६७ जना रहेका बताए ।

सम्बन्धित समाचार