0
Shares
काठमाडौं । दार्चुलामा भूकम्पको धक्का महसुस भएको छ । जिल्लाको घुसा केन्द्रविन्दु भएर आज बिहान भूकम्प गएको हो ।
भूकम्पको तीव्रता ४.६ म्याग्निच्युड मापन भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरले जनाएको छ ।
भूकम्पले दार्चुलासहित आसपासका जिल्लामा धक्का महसुस गरिएको थियो । भूकम्पको क्षतिबारे थप जानकारी आउन बाँकी छ ।