पार्टी घोषणा भएसँगै उज्यालो नेपालकी नेतृ विद्या दिइन् राजीनामा

0 Shares

काठमाडौं । उज्यालो नेपाल पार्टीको केन्द्रीय सदस्यबाट विद्या श्रेष्ठले राजीनामा दिएकी छन् । उनले आज सामाजिक सञ्जालमार्फत राजीनामा घोषणा गरेकी हुन् ।

हेटौँडा बजारमा सडक विस्तार भएसँगै विरोध गर्दै उनले राजीनामा दिएको घोषणा गरेकी हुन् । सडक विस्तारमा बल प्रयोग गरेर सरकारले मानव अधिकार विरोधी काम गरेको उनको दाबी थियो ।

उनले लेखेकी भनेकी छिन्, ‘म आजदेखि उज्यालो नेपाल पार्टीको केन्द्रीय सदस्यबाट राजीनामाको घोषणा गर्दछु, अरू साथीहरू के गर्नु हुन्छ? मेरो नैतिकताले दिएन, म हेटौँडा पीडितको साथ छु ।’

सम्बन्धित समाचार