अध्ययन भ्रमणमा जाँदा छतबाट खसेर किशोरीको मृत्यु

0 Shares

काठमाडौं । रत्ननगर नगरपालिका ६ मा रहेको पार्क साइट होटलको छतबाट खसेर बुधबार राति १८ वर्षीया स्नेहा पाख्रिनको मृत्यु भएको छ ।

गम्भीर घाइते भएकी उनको उपचारका क्रममा बकुहर अस्पतालमा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार सिन्धुली गुरुकुल कलेजबाट अध्ययन भ्रमणमा चितवन आएकी हुन् ।

उनी सिन्धुलीको कमलामाई नगरपालिका ६ की स्थायी बासिन्दा हुन् ।

सम्बन्धित समाचार