११ महीनामा भित्रिए १० लाख ६० हजार पर्यटक

0 Shares

काठमाडौं । सन् २०२५ को ११ महीनामा नेपाल भित्रिने पर्यटकको संख्या १० लाख नाघेको छ ।

नेपाल पर्यटन बोर्डले सोमवार सार्वजनिक गरेको तथ्यांक अनुसार सो अवधिमा १० लाख ६० हजार २६९ पर्यटक नेपाल आएका हुन् । यो गत वर्षको सोही अवधिको तुलनामा ०.४ प्रतिशत बढी हो । सन् २०२४ को ११ महीनामा १० लाख ५५ हजार ५२० पर्यटकले नेपाल भ्रमण गरेका थिए ।

पछिल्लो ११ महीनामा देशगत आधारमा सबैभन्दा बढी पर्यटक भारतबाट आएका छन् । उक्त अवधिमा भारतबाट २ लाख ६२ हजार ३४५ पर्यटकले नेपाल भ्रमण गरेको पर्यटन बोर्डको तथ्यांकमा उल्लेख छ ।

क्षेत्रगत आधारमा सबैभन्दा बढी पर्यटक दक्षिण एसियाबाट नेपाल आएका छन् । समीक्षा अवधिमा उक्त क्षेत्रबाट ३ लाख ६८ हजार ३८१ पर्यटकले नेपाल भ्रमण गरेका छन् । यस्तै, एसिया (सार्कबाहेक) क्षेत्रबाट २ लाख २५ हजार ९०९, युरोपबाट २ लाख ९ हजार १६३, अमेरिकनबाट १ लाख २७ हजार १३७, अन्य ५७ हजार ७८३, ओसिनियाबाट ४८ हजार ४३० र अफ्रिकाबाट ३ हजार ८९१ पर्यटक भित्रिएको पर्यटन बोर्डले जनाएको छ ।

यस वर्षको अक्टोबर महीनामा मात्रै एक लाख २८ हजार ४४३ जना पर्यटकले नेपाल भ्रमण गरेका थिए । यो महिनालाई मुख्य पर्यटकीय याम मानिन्छ ।

सम्बन्धित समाचार