भूमि आयोग खारेज गर्ने सरकारको निर्णय खारेज

0 Shares

काठमाडौँ । भूमि समस्या समाधान आयोग खारेज गर्ने सुशीला कार्की नेतृत्वको सरकारको निर्णय सर्वोच्चले बदर गरेको छ।

जेनजी आन्दोलनको बलमा कार्कीले सरकारको नेतृत्व गरेपछि सुशासन दिने भन्दै असोज २३ गते भूमि समस्या समाधान आयोग गठन आदेश २०८१ बमोजिम गठित आयोग र यसका सबै जिल्ला समिति खारेज गर्ने निर्णय गरेको थियो।

त्यसविरुद्ध आयोगका अध्यक्ष कात्तिक ९ गते दायर रिटमाथि सुनुवाइ गर्दै न्यायाधीशहरु शारङ्गा सुवेदी र श्रीकान्त पौडेलको इजलासले आयोग खारेज गर्ने सरकारको निर्णय बदर गरेको हो।

सरकारले गत वर्ष कात्तिक १३ गते ‘भूमि समस्या समाधान आयोग गठन गरेको थियो। आयोगले हजारौँ भूमिहिनसँग निवेदन माग गरेर जग्गा वितरणको प्रक्रियासमेत थालिसकेको अवस्थामा सरकारले आयोग नै खारेज गरेको थियो।

 

सम्बन्धित समाचार