नेपाल र वेष्ट इण्डिज’ए’ भिड्दै, आज कसले मार्ला बाजी ?

0 Shares

काठमाडौं । नेपाल र वेष्ट इण्डिज’ए’ विरुद्धको दोस्रो खेल आज हुँदैछ । पहिलो खेलमा नेपाली टोलीका कप्तान रोहित पौडेलको शतकमा शानदार जित निकालेको नेपाल वेष्ट इण्डिजमाथि दोस्रो जित निकाल्ने लक्ष्यसाथ मैदानमा जानेछ ।

त्रिवि क्रिकेट मैदानमा हुने खेल अपराहन्न १२ः१५ बजेदेखि शुरु हुनेछ । शनिबार सम्पन्न पहिलो खेलमा कप्तान पौडेलको शानदार शतकमा नेपाल चार विकेटले विजयी भएको थियो । जितसँगै सिरिज १-० को अग्रता हासिल गरेको छ । टी २० क्रिकेटमा पौडेलको पहिलो शतक पनि हो ।

वेष्ट इण्डिज ‘ए’विरुद्ध नेपाल क्रिकेट संघ (क्यान)ले रोहित पौडेलको कप्तानीमा २० सदस्यीय टिमको छानेको छ ।

नेपाली टिममा कप्तान रोहितसहित आसिफ सेख, कुशल भुर्तेल, अनिल शाह, आरिफ सेख, सन्दीप जोरा, दिपेन्द्र सिंह ऐरी, कुशल मल्ल, गुलशन झा, ललित राजबंशी, करण केसी, सोमपाल कामी, प्रतिस जिसी, अविनाश बोहोरा, बिबेक यादव, आकास चन्द, विनोद भण्डारी, सागर ढकाल, कमलसिंह ऐरी र लोकेश बम रहेका छन् ।

नेपालले सिरिजको तेस्रो खेल खेल मे १ मा चौथो खेल मे २ मा र पाँचौँ खेल मे ४ मा खेल्ने भएको छ ।

सम्बन्धित समाचार