0
Shares
काठमाडौं । स्थानीय बजारमा सोमबार सुनको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सोमबार सुनको मूल्य प्रतितोला एक हजार ४०० रुपैयाँले बढेको हो ।
योसँगै सोमबार सुनको मूल्य प्रतितोला दुई लाख ५३ हजार ६०० रुपैयाँ कायम भएको छ । आइतबार छापावाल सुन तोलामा दुई लाख ५२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य तोलामा तीन हजार ५३५ रुपैयाँ कायम भएको छ । आइतबार चाँदी तोलामा तीन हजार ४९० रुपैयाँमा कारोबार भएको थियो ।