नेपालले वेस्ट इण्डिजविरुद्ध पहिला फिल्डिङ गर्दै, मुख्य खेलाडी बेञ्चमा

0 Shares

काठमाडौं । त्रिवि क्रिकेट मैदानमा हुने पाँच खेलको शृङ्खलाको पहिलो खेलमा नेपालले वेस्ट इण्डिज ‘ए’सँग पहिला फिल्डिङ गर्ने भएको छ । नेपाल टस जितेर फिल्डिङ रोजेको हो ।

नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेका हुन् । पहिलो खेलमा नेपालको प्लेइङ ११ मा तीव्र गतिका बलर कमलसिंह ऐरीलाई पनि राखेको छ ।

विकेट किपर आशिफ शेखको ठाउँमा अनिल साह खेल्दै छन् । आज मुख्य बलर सोमपाल कामी, करण केसी प्लेइङ ११ नखेल्ने भएका छन् । सन्दीप जोरा बेन्चमा छन् ।

नेपालको प्लेइङ ११ मा कप्तान पौडेलसहित कुशल भुर्तेल, अनिल शाह (विकेटकिपर), रोहित पौडेल, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, अभिनाश बोहरा, प्रतिश जि।सी। विवेक यादव, ललित राजवंशी र कमलसिंह ऐरी रहेका छन् ।

सम्बन्धित समाचार