0
Shares
काठमाडौं । जर्जियाको दक्षिण पूर्वी शहर रुस्ताभीको बजारमा गोली चल्दा चार जनाको मृत्यु भएको छ । घटनामा एक जना घाइते भएका छन् ।
आन्तरिक मामिला मन्त्रालयले शुक्रबार जनाएअनुसार गोली चलाउने व्यक्तिलाई पक्राउ गरिएको छ । गोली चलाउने व्यक्तिले आफ्ना आफन्तसँग बजारमा काम गर्ने गरेको र उनीहरूबीच झगडा भएको बुझिएको छ ।
मृतक र गोली हान्ने व्यक्तिहरूबीच आफन्त साइनो रहेको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा घटना स्थलमा रहेका ट्याक्सी चालकसमेत रहेका छन् ।