देशभर साढे चार हजार शिक्षकको आवेदन खुला, कुन प्रदेशमा कति ?

0 Shares

काठमाडौं । शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणीका लागि चार हजारभन्दा बढी शिक्षकको आवेदन खुलाएको छ ।

आयोगले शनिबार सूचना जारी गर्दै सबै प्रदेशमा खुला, महिला, दलित महिला, मुस्लिम महिला, आदिवासी जनजाति, अपाङ्गता, दलित, पिछडिएको क्षेत्र र तराई–मधेशमा बसोबास गर्ने मधेशी, आदिवासी जनजातिलगायत विभिन्न समूहमा गरेर चार हजार ४६२ जना स्थायी शिक्षक माग गरेको हो ।

माग भएकोमध्ये बागमती प्रदेशमा सबैभन्दा धेरै एक हजार १०३ जना रहेको छ । यस्तै, कोशीमा एक हजार ७७, गण्डकीमा ८००, मधेशमा ५०८, लुम्बिनीमा ४९५, सुदूरपश्चिममा ३०२ र कर्णालीमा १७७ जनाका लागि आयोगले आवेदन खुलाएको छ ।

योग्यता पुगेका इच्छुकले जेठ १३ गतेसम्म र दोब्बर दस्तुरमा भने जेठ २० गतेसम्म आवेदन दिन सकिने आयोगले जनाएको छ ।

सम्बन्धित समाचार