बझाङमा उत्साहपूर्वक मतदान हुँदै

0 Shares

काठमाडौं । बझाङ प्रदेशसभा निर्वाचन (१)मा मतदाता उत्साहपूर्वक लामबद्ध भएर मतदान गरिरहेका छन् ।

निर्धारित समय ७ बजेदेखि भोट हाल्न उत्साहित भएर मतदाता मतदान केन्द्रमा आएका मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेले बताए ।

प्रदेशसभा निर्वाचन क्षेत्र (१) का ७४ वटै मतदान स्थल र ९४ मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान जारी रहेको जानकारी आफूलाई प्राप्त भएको उनले जानकारी दिए ।

शान्तिपूर्ण रूपमा चुनाव सम्पन्न गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली खटिएको छ । यो चुनावमा ६१ हजार ७४८ मतदाताले भोट हाल्ने अनुमान गरिएको छ ।

सम्बन्धित समाचार