काठमाडौं । ओपनर जोनी बेयर स्टोकको शतक र शशांक सिंहको हिटिङको सहयोगमा पन्जाब किंग्सले इण्डियन प्रिमियर लिग (आईपीएल)मा कोलकाता नाइट राइडर्समाथि ८ विकेटको जित निकालेको छ ।
पञ्जाबले टी २० इतिहासकै सर्वाधिक लक्ष्य २६२ रन पूरा गरेको हो । यसअघि टी २० मा सन् २०२३ मा दक्षिण अफ्रिकाले वेस्ट इण्डिजविरुद्ध २५९ रन पूरा गरेको रेकर्ड थियो ।
कूल २६१ रनको लक्ष्य पञ्जाबले १८.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गरेको हो । पञ्जाबको जितमा जोनी बेयरस्टो ४८ बलमा ८ चौका र ९ छक्कासहित १०८ रनमा नट आउट रहे ।
खराब लयपछि बारिह भएका बेयस्टोको यो शतकले पन्जाबलाई ठूलो राहतसमेत दिनेछ । ओपनर प्रभशिम्रन सिंहले २० बलमा ४ चौका र ५ छक्कासहित ५४ रन जोड्दै उत्कृष्ट सुरुवात दिलाएका थिए ।
शशांक सिंह २८ बलमा २ चौका र ८ छक्कासहित ६८ रनमा नट आउट बने । राइली रोसोउ २६ रनमा आउट भए । कोलकाताको एक मात्रै विकेट सुनिल नारायणले लिए ।
यसअघि टस हारेर पहिला ब्याटिङ निम्तो पाएको कोलकाताले २० ओभरमा ६ विकेट गुमाउँदै २६१ रन बनाएको थियो । कोलकाताका ओपनर फिलिप साल्टले ३७ बलमा ६ चौका र ६ छक्कासहित ७५ रन बनाए । सुनिल नारायणले ३२ बलमा ९ चौका र ४ छक्कासहित ७१ रन बनाए ।
वेंकटेश ऐर ३९, आन्द्रे रसेल २४, श्रेयस ऐर २८ र रिंकु सिंह ५ रन बनाए । पञ्जाबका अर्शदीप सिंहले २, साम करन, हर्षल पटेल, राहुल चाहरले १-१ विकेट लिए ।