0
Shares
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)का खेलहरु आधिकारिक प्लेटफर्मबाट मात्रै हेरिदिन आयोजक नेपाल क्रिकेट संघ ९क्यान० र आधिकारिक ओटीटी सेवाप्रदायक डिश मिडिया नेटवर्क लिमिटेडले आग्रह गरेका छन्।
एक सूचना जारी गर्दै उनीहरुले अनधिकृत लिंक, साइट तथा माध्यमबाट क्रिकेट खेल हेर्न खोज्दा आफ्नो व्यक्तिगत तथा वित्तीय विवरण सार्वजनिक भई साइबर अपराधमा पर्ने सक्ने जनाउँदै उनीहरुले त्यस्तो कार्य गर्न र यसको प्रचारप्रसार नगर्न अनुरोध गरेका हुन्।
अधिकारप्राप्त डिशहोमबाहेक नेपाल प्रिमियर लिगअन्तर्गतका सबै खेल सामग्रीको अनधिकृत बिक्रीवितरण, पुनः प्रसारण, रेकर्डिङ, सम्पादन तथा अन्य कुनै पनि किसिमले प्रयोग गर्ने गराउने कार्य गैरकानुनी भएकाले दण्डनीय रहेको उल्लेख गरिएको छ।
