0
Shares
काठमाडौं । अर्थ मन्त्री रामेश्वर खनालले खानेपानी क्षेत्रको विद्युत महसुलमा ५० प्रतिशत छुट दिन सकारात्मक भएका छन् ।
राष्ट्रिय सहरी खानेपानी उपभोक्ता तथा सरसफाइ महासंघका अध्यक्ष खेमराज वलीसहितका पदाधिकारीसँगको भेटमा अर्थ मन्त्री खनालले नागरिकहरुको सरकार भएकाले जायज मागको सुनुवाइ हुने बताएका थिए ।
अर्थ मन्त्री खनालले विद्युत महसुलको कर छुटसम्बधी कानुनी पक्ष बुझेर प्रक्रिया अघि बढाउने बताएको अध्यक्ष वलीले जानकारी दिए । खानेपानी उपभोक्ताले आयोजना निर्माण गर्दा लिने ब्याजदर कम गर्ने सवालमा सकारात्मक रहेको मन्त्री खनालले बचन दिएका छन् ।
खानेपानी महासंघले मन्त्री खनालसँग आठ बुँदे माग राखेर खानेपानी क्षेत्र राज्यले जिम्मा लिएर जनता सेवा दिनुपर्ने माग राखिएको छ ।

