0
Shares
काठमाडौं । नेपाल सरकारले एकैपटक २८ जना सहसचिवको सरुवा गरेको छ । सहसचिव देवराज जोशीसहित २८ जना सहसचिवको सरुवा भएको हो ।
बिहीबार बसेको मन्त्रिपरिषद बैठकले २८ जना सहसचिवको सरुवा गर्ने निर्णय गरेको थियो । यो निर्णयसँगै भरतपुर र ललितपुर महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतसमेत फेरिका छन् ।
ललिलतपुरका वीरेन्द्रदेव भारती भरतपुरमा र प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयकी रेखा दासको ललितपुर महानगरमा प्रमुख प्रशासकीय अधिकृत बन्दै सरुवा भएका छन् ।