अनेकौं रेकर्ड बनाउने हैदरावाद पराजित, पुच्छारको बेंग्लुरूको दोस्रो जित

0 Shares

काठमाडौं । गए राति भएको इण्डियन प्रिमियर लिग (आईपीएल)मा सनराइजर्स हैदरावादले दोस्रो हार ब्यहोरेको छ । तेस्रो स्थानमा रहेको हैदरावाद पुच्छारको रोयल च्यालेन्जर्स बेंग्लुरुसँग ३५ रनले पराजित भएको हो ।

पहिला ब्याटिङ गरेको बेंग्लुरुले २० ओभरमा सात विकेट गुमाएर २०६ रन बनाएको थियो । जवाफमा सनराइजर्सले २० ओभरमा आठ विकेट गुमाएर १७१ रन मात्रै बनाउन सक्यो ।

२०७ रनको लक्ष्य पछ्याएको हैदरावादले खराब सुरुआत गरेको थियो । ब्याटिङ ओपन गर्न आएका ट्राभिस हेड एक रनमा फर्किए । उनलाई पहिलो ओभरको अन्तिम बलमा विल ज्याकले आउट गरेका थिए ।

अभिषेक शर्मा ३१ रन बनाएर आउट भए । यस खेलमा शाहबाज अहमदले ४० र प्याट कमिन्सले ३१ रन बनाए । यी तीन खेलाडीबाहेक बेंग्लुरुका कुनै पनि खेलाडी टिक्न सकेनन् ।

बेंग्लुरुविरुद्ध मार्करामले सात, नितिश १३, क्लासेनले सात, अब्दुल समदले १०, भुवनेश्वर कुमारले १३ र उनादकटले आठ रन बनाए ।

आरसीबीका स्वप्निल सिंह, कर्ण शर्मा र क्यामरुन ग्रीनले दुई–दुई विकेट हात पारे । विल ज्याक र यश दयालले समान १–१ विकेट लिए ।

टस जितेर पहिले ब्याटिङ गर्न आएको आरसीबीले बलियो सुरुवात गरेको थियो । विराट कोहली र फाफ डुप्लेसिसबीच पहिलो विकेटका लागि ४८ रनको साझेदारी गरे ।

आइपीएलमा आज कोलकाता नाइटराइडर्स र पञ्जाव किंग्स आमने सामने हुने छन् । यो खेल नेपाली समयअनुसार राति पौने ८ बजे सुरु हुने छ ।

सम्बन्धित समाचार