0
Shares
काठमाडौं । मेक्सिकोमा जेनजीले निकालेको सरकारविरोधी प्रदर्शनमा झडप हुँदा कम्तिमा १ सय २० जना घाइते भएका छन् । यसक्रममा झन्डै १ सय जना प्रहरी घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बीबीसीले जनाएको छ ।
शनिबार प्रदर्शनका लागि हजारौं जना मेक्सिकोको राजधानीमा भेला भएका थिए । उनीहरुले देशमा जारी भ्रस्टाचार, हत्या–हिंसा रोक्न नसकेको भन्दै उनीहरुले राष्ट्रपति क्लाउडिया शेनबाउमको राजीनमा मागेका छन् ।
मेक्सिकोमा पछिल्लो समय हाइ–प्रोफाइल व्यक्तिहरुको हत्या भइरहेको छ । केही साताअघि मात्रै युरापानका मेयर कार्लोस मान्जोको हत्या भएको थियो । शेनबाउमले आफ्नो विपक्षमा रहेका दक्षिणपन्थी राजनीतिज्ञहरुले आन्दोलनकारीलाई उक्साएको बताएकी छिन् ।