छोरी पोइल गएपछि सडक अवरुद्ध, प्रहरीसँग झडप हुँदा तीन जना घाइते

0 Shares

काठमाडौं । धनुषामा छोरी पोइल गएको (भागेको) भन्दै सडक बन्द गर्ने प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा तीन जना घाइते भएका छन् । झडपमा सशस्त्र प्रहरी र नेपाल प्रहरीका तीन जना घाइते भएका हुन् ।

धनुषाको औरही गाउँपालिका १ पौडेसरमा छोरी अरूसँग भागेको भन्दै परिवारले सडक अवरुद्ध गरेको थियो । अवरुद्ध सडक खुलाउने क्रममा प्रहरीले नौ राउण्ड अश्रुग्यास प्रहार गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

छोरी भागेको भन्दै परिवारले बिहीबार बिहानदेखि सडक अवरुद्ध गरेको थियो । प्रहरी र प्रदर्शनकारीबीच भएको झडपमा सात राउण्ड सशस्त्र प्रहरी र २ राउण्ड नेपाल प्रहरीले अश्रुग्यास प्रहार गरेको हो ।

यस्तै, प्रदर्शनकारीले प्रहरीको गाडीमा तोडफोड गरेको प्रहरीले जनाएको छ । गाडीमा तोडफोड गर्ने र प्रहरीमाथि ढुंगामुडा चलाउने पाँन जना नियन्त्रणमा छन् ।

दुई परिवारका दुई नाबालक छोरी भागेपछि पीडितहरूले दिएको जाहेरीअनुसार ५ जनाविरुद्ध मुद्दा दर्ता भएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार