0
Shares
काठमाडौं । धारिलो हतियार देखाएर बुहारीलाई बलात्कार गरेको आरोपमा ससुरालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा गोरखाको सिरानचोक गाउँपालिका ८ का ४१ वर्षीय पुरुष भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक रमेश कुमार श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार २०८० साल भदौ १० गते बिहान ९ बजेको समयमा घरमा बसिरहेको बेलामा आफ्नै हाडनाता पर्ने ससुराले हतियार घाँटीमा राखी मार्ने धम्की देखाएर बुहारीलाई बलात्कार गरेको आरोपमा पीडित बुहारीले वैशाख १० गते जाहेरी दरखास्तको आधारमा ससुरालाई प्रहरीले पक्राउ गरिएको हो ।
पक्राउ परेलगत्तै बलात्कार आरोपी ससुरालाई जबरजस्ती करणी उद्योग कसुर शीर्षकमा बुधबार मुद्दा दर्ता गरी जिल्ला अदालत गोरखाबाट ७ दिनको म्याद थप गरी घट्नाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।