फेरि बढ्न थाल्यो सुनको मूल्य, आज कति पुग्यो मूल्य ?

0 Shares

काठमाडौं । गिरावट हुने थालेको सुनको मूल्य पुनः बढ्न थालेको छ । आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेको हो । यसअघि सुनको मूल्य दुई दिनमा ३८ सय रुपैयाँले घटेको थियो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाला सुनको मूल्य एक लाख ३६ हजार रुपैयाँ तोकिएको छ । मंगलबार एक लाख ३५ हजार ५०० रुपैयाँ कायम भएको थियो ।

आज तेजाबी सुनको मूल्य एक लाख ३५ हजार ३५० रुपैयाँमा करोबार भइरहेको छ । मंगलबार तेजाबी सुनको मूल्य एक लाख ३४ हजार ८५० रुपैयाँमा करोबार भएको थियो ।

चाँदीको मूल्य एक हजार ६७० रुपैयाँमा कारोबार भइरहेको छ । हिजोको तुलनामा आज चाँदीको मूल्य तोलामा १० रुपैयाँ घटेको हो ।

सम्बन्धित समाचार