सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो

0 Shares

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । आज सुन प्रतितोला १ हजार एक सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला २ लाख ३८ हजार ३ सय रुपैयाँमा कारोवार भएको सुन आज २ लाख ३७ हजार २ सय रुपैयाँमा कारोवार भैइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी ४ सय ५ रुपैयाँले बढेको हो । मंगलबार प्रतितोला २ हजार ५सय ८५ रुपैयाँमा कारोवार भएको चाँदी आज २ हजार ९ सय ९० रुपैयाँमा कारोवार भैइरहेको छ ।

सम्बन्धित समाचार