0
Shares
काठमाडौं । नेकपा माओवादी केन्द्रसहितका बाम घटकसँगको एकता प्रक्रियामा सहभागी नहुने पक्षमा रहेका नेकपा एकीकृत समाजवादीको एक समूह एमालेमै फर्किने भएका छन् ।
नेतृ रामकुमारी झाँक्रीलगायतका नेताहरूको समूहले बुधबार बिहान १० बजे अनामनगरको बसेरा होटलमा पत्रकार सम्मेलन गरी एमाले फर्कने सन्देश दिने भएको हो । पत्रकार सम्मेलनमा झाँक्रीलगायतले एमालेमा फर्कने घोषणा गर्दै छन् ।
भोलि नै माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहित ९ वटा पार्टी मिलेर नयाँ दल नेपाल कम्युनिस्ट पार्टी घोषणा हुँदै छ ।