काठमाडौं । जनकपुरस्थित रामानन्दचोकको होटेल होलिडे एण्ड गेष्ट हाउसमा दुई जनाको शव फेला परेको छ । होटलमा महिला र पुरुषको शव फेला परेको हो ।
महोत्तरीको पिपरा गाउँपालिका ३ का ३१ वर्षीय हितेन्द्र पासवान र सोही स्थान माइती भएकी महोत्तरीको लोहारपट्टी नगरपालिका ४ खट्टाकी करिब २५ वर्षीया प्रियंका कापरको शव भेटिएको हो ।
मंगलबार बिहान ११ बजे कोठा नम्बर २०५ मा दुवै जनाको शव झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । कोठाभित्र महिलाकी साढे २ वर्षकी छोरी रोइरहेको सुनेपछि झुण्डिएको देखेपछि प्रहरीलाई खबर गरिएको थियो ।
धनुषाको प्रहरी टोली कोठाको ढोका फोडेर बालिकालाई बाहिर निकालेर अनुसन्धान सुरु गरेको छ । उनीहरू दुवै जना चार दिनदेखि होटेलमा बस्दै आएका थिए ।
मृतक पुरूषको श्रीमतीसहित चार सन्तान छन् । महिलाको होटलमा फेला परेकी छोरीसहित श्रीमान छन् ।