जनार्दन शर्माले माओवादी छोडेर गरे प्रगतिशिल अभियान नेपालको घोषणा

0 Shares

काठमाडौं । नेकपा माओवादी केन्द्र छोडेका जनार्दन शर्माले आफ्नै नेतृत्वमा प्रगतिशिल अभियान नेपाल घोषणा गरेका छन् । शर्माले ललितपुरमा मंगलबार पत्रकार सम्मेलन गर्दै नेकपा एकीकृत समाजवादी लगायत आठ दलसँग एकताको निर्णयमा पुगेकाले असहमती राखेर अलग भएका हुन् ।

पार्टीका पूर्वउपमहासचिव जनार्दन शर्मा, पूर्वसचिव राम कार्की, पूर्वस्थायी समिति सदस्य अञ्जना विशुंखे लगायतले पार्टी परित्याग गर्दै नयाँ अभियान सुरु गरेका छन्।

पार्टीको मूल नेतृत्वसँग लामो समयदेखि संघर्ष गर्दै आएका शर्माले माओवादीको नेतृत्वमा भएको दशवर्षे संघर्षदेखि पछिल्लो जेनजी आन्दोलनले उठाएका माग र भावना विपरीत पार्टी र नेतृत्व अघि बढेकाले एकता प्रक्रियाबाट बाहिरिएको बताए।

सम्बन्धित समाचार