आफैले बोलेको भाइरल बनेपछि आक्रोशित बने गृहमन्त्री लामिछाने

0 Shares

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफ्नो अभिव्यक्तिका कारण आक्रोशित बनेका छन् ।

लामिछानेले २७ अक्टोबर २०१६ मा चिनियाँ राष्ट्रपति सी जिङपिङ नेपाल आउँदा तत्कालीन सरकारले बिदा दिने निर्णय गरेपछि सामाजिक सञ्जालमा आलोचना गरेका थिए । उनले लेखेको उक्त पोष्टको स्क्रीनसट भाइरल भइरहेको छ ।

त्यसबेला आलोचना गर्ने लामिछाने अहिले आफै गृहमन्त्री बनेका छन् । उनी गृहमन्त्रीको पदमा हुँदा भीआईपी सवारीका नाममा सार्वजनिक बिदा दिएको भन्दै उनकै पहिलेका अभिव्यक्तिसहित आलोचना भइरहेको छ ।

कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानीको नेपाल भ्रमणका अवसरमा सरकारले आज सार्वजनिक बिदा दिने निर्णय दिएको छ ।

आफ्नोबारेमा आलोचना भएपछि लामिछानेले विगतका कयौँ निर्णय र परम्परालाई नीतिगत निर्णय गरेर सच्चाउनु पर्ने बताएका छन् । लामिछानेले भने, ‘जे कुरा हिजो गलत भनिएको थियो त्यो आज पनि गलत हो, हिजोका अभिव्यक्तिको गोताखोरी गर्नै पर्दैन, तर तीन दशकका अभ्यासलाई सच्याउन समय त लाग्ने भन्दै धेरै काम भइरहेकाले धैर्य गरिदिनु भए पुग्छ ।’

सम्बन्धित समाचार