काठमाडौं । नेकपा माओवादी केन्द्रको नाममा आइतबार अन्तिम केन्द्रीय कमिटी बैठक बस्ने भएको छ । पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वमा पार्टीको नाममा अन्तिम केन्द्रीय कमिटी बैठक बसेको हो ।
बैकठमा प्रचण्डले सम्बोधन गरी पार्टी एकतालाई अनुमोदन गर्ने तयारी गरेका छन् । यो बैठकलाई पार्टीका उपमहासचिव जनार्दन शर्मासहित उनी पक्षका नेताहरूले बहिष्कार गर्ने भएका हुन् ।
जेनजी आन्दोलनपछि प्रचण्डले माओवादी केन्द्रका सबै पदाधिकारीलाई खारेज गरी महाधिवेशन संयोजकमा प्रचण्डलाई चयन गरेको थियो । यसैबीच, माओवादी केन्द्रले नेकपा एकीकृत समाजवादीसहित नौ दलसँग पार्टी एकीकरण गर्ने भएको छ ।
पार्टीका केही नेताहरू केन्द्रीय कमिटीको बैठकमा उपस्थित नभएको नेता मिलन एमसीले जानकारी दिए ।
माओवादीले नेकपा एकीकृत समाजवादी, महेन्द्रराय यादवको जसपा, एमालेबाट विद्रोह गरेका प्रेमबहादुर सिंह, राजु कार्कीको नेकपा समाजवादी, सुवास काफ्लेको जनसमाजवादी पार्टीसहित गोपाल किराँती नेतृत्वको पाटीसँग भोलि एकता गर्ने भएको छ ।