0
Shares
काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । आज सुन प्रतितोला एक हजार ४०० र चाँदी प्रतितोला ४५ रुपैयाँले गिरावट आएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला दुई लाख ३८ हजार ३०० र चाँदी प्रतितोला तीन हजार १५ मा कारोबार भइरहेको छ ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस तीन हजार ९८० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।