0
Shares
काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन कार्यतालिका बारे छलफल गर्न बसेको पदाधिकारी बैठक निष्कर्षविहीन भएको छ। पार्टीको महाधिवेशन चुनाव अघि कि पछि गर्ने भन्ने विवाद चर्किएपछि थप छलफलका लागि आज पदाधिकारी बैठक बसेको थियो।
तर, आजको बैठकमा कुनै निष्कर्षमा नपुगेको प्रवक्ता डा। प्रकाशशरण महतले बताए। उनले नेपाल प्रेससँग भने, ‘छलफल सकारात्मक भएको छ। अहिलेसम्म कुनै निष्कर्षमा पुगेका छैनौँ। केन्द्रीय समिति बैठकबाट साझा धारणा बनाएर जानुपर्छ भन्नेमा जोड एकमत छौँ।’
कांग्रेसको भोलि दिउँसो १ बजेबाट बस्ने केन्द्रीय समिति बैठकले निर्णय गर्ने नेताहरुले बताएका छन् ।