वामपन्थीहरु फुटेपछि एकता आवश्यकता महशुस गर्छन्, जो वाहियात हो : बास्कोटा

0 Shares

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले नेपालका वामपन्थीहरू फुटेपछि एकताको आवश्यकता याद गर्ने प्रवृत्तिबाट अभिशप्त रहेका टिप्पणी गरेका छन्।उनले सामाजिक सञ्जाल फेसबुकमा हिन्द महासागर र प्रशान्त महासागरको उदाहरण दिँदै नेपालका वामपन्थीहरू ‘मिसिने तर नमिल्ने’ पनि प्रवृत्तिका रहेका पनि उल्लेख गरेका छन् ।

‘फुटेपछि एकताको आवश्यकता याद गर्नु वाहियात हो। तर, नेपालका वामपन्थी त्यै प्रवृत्तिबाट अभिशप्त छन्,’ बास्कोटाले टिप्पणी छ, ‘मिसिने तर नमिल्ने हिन्द र प्रशान्त महासागर जस्ता।’

उनले वामपन्थीहरूमा देखिने प्रवृत्तिको कारण पनि उल्लेख गरेका छन् । ‘कारण– गहिराइको चाप र नेतृत्वको राप’, बास्कोटाको भनाइ छ, ‘फुटभन्दा जुट राम्रो तर ढोक्सामा परेको माछी नहुनु अर्कोले तारेर खाए वा सुरुवा बनाएर पिए पनि हुने।’

सम्बन्धित समाचार