धादिङ । धादिङको रुबिभ्याली पर्यटकका लागि एक गन्तव्य मानिन्छ ।
रुवीभ्याली उत्तरी धादिङको एउटा गाउँपालिकाको नाम हो । दुर्लभ बहुमूल्य पत्थर रुबी पाइने भएकाले यहाँको नाम पनि रुबिभ्याली नामकरण गरिएको हो ।
काठमाडौंबाट दुई दिनको यात्रामा पुग्न सकिने रुबिभ्याली सबैभन्दा छोटो ट्रेकिङ रुटको रूपमा परिचित छ ।
रुवीभ्यालीको सबैभन्दा आकर्षक ठाउँ हो- ‘पाङसाङ पास’ । समुद्री सतहदेखि ३ हजार ८ सय ५० मिटर उचाइमा रहेको यो पाङसाङ
धादिङ जिल्लाको सदरमुकाम धादिङवेशीबाट एक दिन गाडीमा र अर्को दिन पैदल यात्रा गरेर पाङसाङ पास पुग्न सकिन्छ ।

पाङसाङ पासबाट मनोरम हिमश्रृंखलाहरु, सुन्दर पहाडी, प्राकृतिक छटाहरु, रेडपाण्डा, कालो र सेतो कुण्ड, गणेश कुण्ड, लोपोन्मुख वन्यजन्तु, हिमाल, ताल, मनोरम बस्ती, नदी, सबैभन्दा सानो गुराँस सुनपातेसहित १४ प्रकारका लालीगुराँस ५ सय वर्ष पुराना बौद्ध गुम्बाहरू, ३ सय वर्ष पुराना ऐतिहासिक मठमन्दिरको दृश्या अवलोकन गर्न सकिन्छ ।
यहाँ मेन्हदोमाया लोकसंस्कृति, झाँक्रीनाच, लामा नाच, घोडानाचजस्ता परम्परा रहेको छ जसले पर्यटकहरुलाई लोभ्याउछ ।
पाङसाङ पासबाट करिब २ देखि ३ घण्टाको पैदल यात्रापछि लाङटाङ, लिरुङ, अन्नपूर्ण, मनास्लु, गणेश हिमालजस्ता हिमछटाहरूको मनोरम दृश्य देख्न सकिन्छ ।
पाङसाङ पास हुँदै झरेपछि रुवीभ्याली गाउँपालिकाको गाउँबस्तीहरूमा पुगिन्छ । जहाँ उत्तरी धादिङको ग्रामिण जीवनशैली, तामाङ संस्कृति र परम्परा अवलोकन गर्न सकिन्छ ।
यहाँका प्रायजसो गाउँ बस्ती एकदमै बाक्लो रहेको छ । हरेक गाउँहरुमा १ सय देखि ६ सय ५० वटासम्म घरहरु रहेका छन् । हरेक गाउँहरूमा भर्खरै होमस्टेहरु सञ्चालन आउन थालेका छन् । लापा, तिप्लिङ, सेर्तुङ, बोराङजस्ता गाउँहरु धेरै घरधुरी रहेको गाउँहरु हुन् ।