चालू आवको तीन महिनामै ६०० केजी सुन आयात

0 Shares

काठमाडौं। चालू आर्थिक वर्षको तीनमहिने अवधिमा ६०१ किलो सुन आयात भएको भन्सार विभागले जनाएको छ। गत आर्थिक वर्षको सोही अवधिमा जम्मा १०० केजी सुन आयात भएको विभागको तथ्यांक छ।

६०१ किलो सुन आयात हुँदा सरकारले १ अर्ब २ करोड ५३ लाख राजस्व प्राप्त गरेको छ भने सुनको मूल्य १० अर्ब २५ करोड ३२ लाख रुपैयाँ बराबर रहेको छ। गत आर्थिक वर्षको तीन महिनामा १ अर्ब ४ करोड ३२ लाख रुपैयाँको १०० किलो सुन आयात भएको थियो।

वाणिज्य बैंकले आयात गरेको काँचो सुन व्यवसायीले खरिद गर्ने गरेका छन्। गत असोजमा राष्ट्र बैंकले सुनको आयात कोटा दैनिक ५ किलो बढाएको थियो।

यस्तै, चालू आर्थिक वर्षको तीन महिनामा २० करोड १३ लाख रुपैयाँको १००० केजी चाँदी आयात भएको छ।

सम्बन्धित समाचार