सुनको मूल्यमा गिरावट हुँदा कतिमा हुँदैछ कारोबार ?

0 Shares

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य भारी गिरावट भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला एक हजार १०० रुपैयाँ गिरावट भएको हो ।

आइतबार सुनको मूल्य स्थिर रहेको थियो । आज छापावाल सुनको मूल्य ११ सय रुपैयाँले घट्दै प्रतितोला एक लाख ३८ हजार २०० रुपैयाँ कायम भएको छ । आइतबार एक लाख ३९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, महासंघका अनुसार सोमबार तेजाबी सुनको मूल्य एक लाख ३७ हजार ७५० रुपैयाँमा करोबार भइरहेको छ । आइतबार तेजाबी सुनको मूल्य एक लाख ३८ हजार ६५० रुपैयाँमा करोबार भएको थियो ।

चाँदीको मूल्य आज एक हजार ७०५ रुपैयाँमा कारोबार भएको छ । आइतबार चाँदीको मूल्य प्रतितोला एक हजार ७४० रुपैयाँमा कारोबार भएको थियो ।

सम्बन्धित समाचार