मन्दिरबाट मूर्ति चोरी गर्ने तीन महिला पक्राउ

0 Shares

काठमाडौं । प्रहरीले दाङको पर्यटकीय स्थल तुलसीपुर १९ छिल्लिकोटमा रहेको कालिका–मालिका मन्दिरबाट मूर्ति र घण्टी चोरी गर्नेलाई पक्राउ गरिएको छ ।

माताको भेषमा गएर मूर्ति चोरी गर्ने तीन महिलालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवचन्द्र मल्लले बताए ।

उनका अनुसार मन्दिरबाट पाँच थान घण्टी र तीन थान मूर्ति चोरी भएको थियो । ती मूर्ति चोरी गरेको आरोपमा तुलसीपुर १७ वनकट्टी निवासी तिला वली, सुन्तली बस्नेत र छपन्या चौधरीलाई पक्राउ गरिएको हो ।

उनीहरु तीनै जनाले आफूहरु माता रहेको र भगवानले घण्टी माग गरेको भन्दै मूर्ति र घण्टी ल्याएको बताएका छन् । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष परवीर पुनले उनीहरुविरुद्ध जाहेरी दिन लागिएको बताए ।

उनीहरुलाई सार्वजनिक सम्पत्ति चोरीविरुद्ध मुद्दा चलाउने तयारी भएको अध्यक्ष पुनले बताए ।

सम्बन्धित समाचार