मिराज ढुंगानाले पनि खोल्ने भए पार्टी

0 Shares

काठमाडौं । जेनजी अभियन्ता मिराज ढुंगानाले नयाँ राजनीतिक दल बनाउने भएका छन् । शुक्रबार सामाजिक सञ्जालमा भिडिओ राख्दै उनले ‘गरिखान देऊ’ अभियानमार्फत दल खोल्न लागेको जानकारी दिएका हुन् ।

जेनजी आन्दोलनले देशमा नयाँ अवसर लिएर आएको र राजनीतिक पार्टी खोल्नुपर्ने अवस्था भएको उनको भनाइ थियो । तर, उनले पार्टी खोले पनि अहिलेकै अवस्थामा निर्वाचनमा नजाने बताए ।

उनले भने, ‘जबसम्म हाम्रो बटमलाइन प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, विदेशमा भएका नेपालीले भोट गर्ने सुनिश्चितता र भ्रष्टाचार नियन्त्रण गर्न नागरिकस्तरको बडी नबनेसम्म हामी निर्वाचनमा जानेवाला छैनौँ ।’

उनले यसबारे कात्तिक १ गते प्रेसमिट गरेर थप जानकारी दिने बताए ।

सम्बन्धित समाचार