हामी सरकारबाट हट्दा अर्थतन्त्र खस्कियो- केपी ओली

0 Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरू सरकारबाट हट्दा देशमा अर्थतन्त्रमा भारी गिरावट आएको बताएका छन् ।

ललितपुरमा बसेको पार्टीको केन्द्रीय कमिटी बैठकमा बोल्दै उनले आफूहरू सरकारबाट हट्दा विश्व बैंकले नेपालको अर्थतन्त्रमा भारी गिरावट हुने बताएको उनको भनाइ थियो ।

‘हामी सरकारबाट हट्दा देशको अर्थतन्त्र ३ प्रतिशतमा झरेको छ, यो हामीले भनेको होइन, विश्व बैंकले भनेको हो,’ अध्यक्ष ओलीले भने, ‘यो देशलाई एमाले चाहिन्छ, हामी भएन भने देशको विकास हुन सक्दैन, हामी केही समयका लागि सरकार बाहिर भएका हौँ ।’

यस्तै, ओलीले आफूहरू सरकारमा हुँदा विकासको काम भए पनि सरकारबाट बाहिर हुँदा विकासका काम हुन नसक्ने बताए ।

सम्बन्धित समाचार