कोरिया भाषा परीक्षामा नयाँ नियम, यस्तो छ अबको व्यवस्था

0 Shares

काठमाडौं । कोरिया भाषा परीक्षा (ईपीएस)को आवेदनमा नयाँ नियम लागु हुने भएको छ । अब कोरियाले माग गरेको कामदार कोटाको आधारमा मात्रै ईपीएस कोरियाको भाषा परीक्षाको आवेदन दिन पाउने भएका हो ।

यसअघि कोरिया जान चाहने सबैले ईपीएसको भाषा परीक्षामा आवेदन दिँदै आएका थिए । नयाँ व्यवस्थाअनुसार कामदार कोटा संख्याको तेब्बरभन्दा बढीले ईपीएसको आवेदन भर्न नपाउने भएको हो ।

ईपीएस कोरिया शाखाका अनुसार ईपीएस परीक्षाका लागि आवेदन प्रणालीमात्रै परिवर्तन गरिएको छ । अधिकांश देशमा अत्यधिक मात्रामा आवेदन पर्ने भएकाले त्यसलाई व्यवस्था गर्न नयाँ नियम लागू भएको शाखाले जनाएको हो ।

ईपीएसमार्फत वर्षेनी हजारौँ नेपाली कामदार कोरिया जाँदै आएका छन् । कोरियाले नेपालबाट मेन्युफेक्चरिङ, सीपबिल्डिङ, कृषि तथा पशुपालन क्षेत्रमा कामदार लगेको हो ।

अब फरेस्ट्री, सर्भिस र रुट इन्डस्ट्रिज सेक्टलाई पनि थप्न प्रस्ताव गरिएको छ । एक वर्षमा कुनै एउटा सेक्टरमा मात्रै आवेदन दिन मिल्ने व्यवस्था गरिएको छ ।

तर, वर्षको मंसिरमा १५ हजार कामदारको कोटामा एक लाख ६४ हजार ७१६ जनाको आवेदन परेको थियो । उक्त आवेदनका लागि तीन चरणमा परीक्षा हुँदैछ ।

सम्बन्धित समाचार