काठमाडौँ । सामसङ नेपालले तिहारलाई लक्षित गरी आफ्नो बहुप्रतिक्षित क्याम्पेन ‘तिहारको मूड, सबै गुड’ घोषणा गरेको छ ।
यो अफरमार्फत ग्राहकहरूले सामसङका उत्पादनहरूमा आकर्षक छुटका साथै साप्ताहिक र बम्पर पुरस्कारहरू जित्ने रोमाञ्चक अवसर प्राप्त गर्ने छन् ।
यो अफर असोज २६ देखि कार्तिक ३०, २०८२ सम्म देशभरका आधिकारिक सामसङ विक्रेताहरूमा लागू हुनेछ । यस अवधिमा ग्राहकहरूले सामसङका टिभी, फ्रिज र वाशिङ मेसिन मा आकर्षक क्यासब्याक र छुटसहित नयाँ उत्पादनहरू खरिद गर्न सक्ने छन् ।
लक्की ड्रमा सहभागी हुने तरिका
सामसङका टिभी, फ्रिज वा वाशिङ मेसिन खरिद गर्ने ग्राहकहरूले उत्पादनको सिरियल नम्बर एसएमएसमार्फत पठाएर लक्की ड्रमा भाग लिन सक्ने छन् ।
सहभागी हुन “Samsung [Serial Number]” लेखी ३५००१ मा पठाउनु पर्छ । सन्देश पठाएपछि तत्कालै पुष्टि सन्देश प्राप्त हुनेछ ।
विजेताहरूको घोषणा हरेक साताको अन्त्यमा Samsung Plaza र Big Digital फेसबुक तथा इन्स्टाग्राम पेजहरूमा गरिने छ ।
सामसङले ग्राहकहरूका लागि InstaFinance सेवामार्फत शून्य प्रतिशत ब्याजदरमा सजिलो EMI विकल्प पनि उपलब्ध गराएको छ, जसका लागि नागरिकता प्रमाणपत्र मात्र आवश्यक पर्छ ।
यसका साथै, ArkoStore वा नजिकको अधिकृत सामसङ स्टोरमार्फत पुराना टिभी वा होम अप्लायन्स साट्दा सात हजार रूपैयाँसम्मको एक्सचेन्ज बोनस समेत प्राप्त गर्न सकिने छ ।
