दराजद्वारा १०.१० तिहार महोत्सवको घोषणा, कुन सामान किन्दा कति छुट?

0 Shares

काठमाडौं । देशभर झिलिमिली तथा उज्यालोको पर्वका रुपमा परिचित तिहारको तयारी चलिरहेका बेला, नेपालकै अग्रणी अनलाइन किनमेल प्लेटफर्म दराज नेपालले बहुप्रतिक्षित १०.१० तिहार महोत्सवको आयोजना गर्ने घोषणा गरेको छ । पहिलोपटक, यो सेल अक्टोबर असोज २३ गते राति ८ बजेदेखि लाइभ हुने भएको हो ।

यसले उपभोक्तालाई आफ्ना दैनिक काम सकिएलगतै बचत समयमा उपलब्ध गरिएका विशेष अफरहरूको लाभ उठाउने सुवर्ण अवसर प्रदान गर्ने छ । आकर्षक अफरमार्फत अत्यधिक बचत गर्न सघाउने र चाडपर्वको अवसरमा अझ रोमाञ्चक अनुभव प्रदान गर्ने सोचका साथ घोषित महोत्सव असोज ३० गतेसम्म चल्ने जानकारी दिइएको छ ।

दराजले यस वर्षको तिहारलाई थप अर्थपूर्णतथा रोमाञ्चक बनाउने सोचका साथ महोत्सवमार्फत ७० प्रतिशतसम्मको छुट, निःशुल्क होम डेलिभरी, र एक लाखभन्दा बढीको खरिदमा १० हजारसम्मका फ्ल्याट भौचरहरू पनि उपलब्ध गराउने तयारी गरेको छ । तिहारको तयारीमा व्यस्त होइने यस समयमा, उपभोक्ताहरूले महोत्सव अवधिभर उपलब्ध हुने दैनिक फ्ल्याश सेल, विशेष अफरहरू, र आकर्षत मूल्यमार्फत हरेक दिननयाँ सौगातप्राप्त गर्न सक्ने छ ।

महोत्सव अवधिभर १०.१० लाई थप रोमाञ्चक बनाउने उद्देश्यका साथ यस वर्षको प्ल्याटिनम पार्टर ब्रान्डहरूसँग फिल र रोह्टोले ४० प्रतिशतसम्म छुट प्रदान गर्दै छन् । गोल्ड पार्टनरहरू ब्राण्डहाउस र मारिकोले ६० प्रतिशतसम्मको उत्सवमय बचत उपलब्ध गराउने बताइएको छ ।

यसै क्रममा, दराजले आफ्को विशेष ब्रान्ड गन्तव्य, दराज मलमार्फत उपभोक्तालाई शतप्रतिशत असली उत्पादनको आश्वासन प्रदान गर्ने छ । यसमा उपलब्ध गरिएका कुनै उत्पादन नक्कली भएको प्रमाणित भएमा कम्पनीले त्यसको तीन गुणा क्याशब्याक ग्यारेन्टी दिने व्यवस्था गरेको छ । दराज मलमार्फत ग्राहकहरूले सिताफिल, सियाओमी, अल्टिमा लाइफस्टाइल, मसलब्लेजलगायतका अग्रणी ब्रान्डहरूका उत्पादनमा विशेष छुटसहित निश्चिन्तताको प्रत्याभुति पाउने छन् ।

तिहारलाई नयाँ लुगा, नयाँ शैली र नयाँ सुरुवातको उत्कृष्ट अवसरका रूपमा पनि लिइन्छ । यसै विषयलाई विशेष दृष्टिगत गर्दै दराजले यस तिहारमा फेशनलाई अझ ब्यापक बनाउँदै बोस्सिनी, किलोमिटर, लोट्टो, भ्यान्स, कन्भर्स, एर्के र नाइकजस्ता अग्रणी फेसन ब्रान्डहरूमा ५० प्रतिशत वा सोभन्दा बढी छुट उपलब्ध गराउने व्यवस्था मिलाएको छ ।

उपभोक्ताहरु माझ विशेष लोकप्रिय निःशुल्क डेलिभरी सुविधालाई पनि दराजले निरन्तरता दिनेछ । चुनिएका उत्पादनमा न्यूनतम ४९९ रुपैयाँको खरिद गर्दा उपभोक्ताले निःशुल्कहोम डेलिभरी सुविधा प्राप्त गर्न सक्ने छन् । यस सुविधाको लाभ उठाउनका लागि ग्राहकहरूले दराज एपको होमपेजमा रहेको “फ्रि डेलिभरी” ब्यानरमा क्लिक गरी सम्बन्धित भौचर संकलन गर्नुपर्ने हुन्छ ।

अत्यधिक छुट, दैनिक फ्ल्याश सेल, बैंक अफर र सीमित समयका मेगा डिलहरू प्रदान गर्दै तिहार महोत्सवमार्फत आफ्ना उपभोक्तालाई यस वर्षकै सर्वाधिक फाइदाजनक अनलाइन किनमेल अनुभव प्रदान गर्ने लक्ष्य लिएको छ ।

दराज नेपालले सम्पूर्ण उपभोक्तालाई यस तिहारमा “आकर्षक अफरहरू र अत्यधिक बचतमार्फत पर्व सुहाउँदो रमाइलो किनमेल अनुभवका साथ हर्षोल्लासमय तरिकाले किनमेल अनुभव लिन सबैलाई आमन्त्रण गरिएको छ ।

 

सम्बन्धित समाचार