नेपाली सेनाले माग्यो २६ सय कर्मचारी,

0 Shares

काठमाडौं । नेपाली सेनाले दुई हजार ५७४ जना कर्मचारीका लागि आह्वान गरेको छ । देशैभरका कार्यालय सञ्चालन गर्न आवश्यक रहेका सूचना प्रकाशन गर्दै कर्मचारी माग गरेको हो ।

नेपाली सेनाको स्वीकृत दरबन्दीभित्र रिक्त रहेका सैन्य तथा विभिन्न ट्रेडका फलोअर्स (ब.का.सि., सूचिकार, सफाइकर्मी, चर्मकर्मी, लोहाकार) पद भर्ना आव्हान गरेको हो ।

नेपाली सेना भर्ना छनौट निर्देशनालयले शुक्रबार गोरखापत्र दैनिकमा सूचना प्रकाशन गर्दै जेठ १२ गतेसम्म दरखास्त दिने अन्तिम मिति तोकेको छ । दरखास्तका लागि कक्षा ८ उर्तीण गरेका महिला तथा पुरुष हुनु पर्ने र १८ वर्ष पूरा भई २२ वर्ष ननाघेको हुनु पर्ने सूचनामा उल्लेख गरेको छ ।

 

 

सम्बन्धित समाचार