0
Shares
काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ ।
सोमबारको तुलनामा आज एक तोला सुनको मूल्य दुई हजार ३०० रुपैयाँले महंगो भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार दुई लाख ३३ हजार १०० मा कारोबार भएको एक तोला सुनको मूल्य आज दुई लाख ३५ हजार ४०० कायम भएको छ ।
सुनको मूल्य आज स्थिर भएको छ । सोमबार एक तोला चाँदी दुई हजार ९६० मा खरिद बिक्री भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार ९६५ अमेरिकी डलरमा कारोबार भइरहेको सञ्चार माध्यमले जनाएका छन् ।