पाथीभरामा एकै दिन छ हजार भक्तजन पुगे

0 Shares

काठमाडौं । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा एकैदिन छ हजार ४३८ भक्तजन पूजापाठका लागि पुगेका छन् ।

चैतेदसैँको छेकमा पूजापाठ गर्न उत्तम हुने र मौसमसमेत खुलेकाले भक्तजनको आगमन बढेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । अन्य दिनको तुलनामा शनिबार र मंगलबार पाथीभरामा भक्तजनको चाप बढ्ने गरेको छ ।

स्वदेशी तथा विदेशी तीर्थयात्री मन्दिरमा आउने गरेका छन् । भक्तजनको चाप बढेपछि सहज रूपमा पूजापाठका लागि जनशक्ति खटाएर आवश्यक प्रबन्ध मिलाइएको समितिले जनाएको छ ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्म एक लाख ६८ हजार ४६८ भक्तजनले पाथीभरामा पुगेर पूजापाठ गरेको तथ्यांक समितिले सार्वजनिक गरेको छ । भदौमा पाँच हजार, असोजमा १० हजार ३४३, कात्तिकमा ४९ हजार १६३ भक्तजन पाथीभरा आएको समितिले जनाएको छ ।

सम्बन्धित समाचार