आज मिति २०८२ असोज १५ गते बुधबार । सन् २०२५ अक्टोबर १ तारिख । नेपाल सम्बत ११४५ कौलाथ्व नवमी तिथि । असोज शुक्ल नवमी, चन्द्रमा धनु राशिमा, पूर्वाषाढा नक्षत्र । आज बिहान ५ बजेर ५७ मिनेटमा नेपालमा झुल्किएको घाम साँझ ५ बजेर ५२ मिनेटमा अस्ताउने छ । अब सुरु गरौँ आजको राशिफलः
मेष
अरुलाई प्रभावित पारेर काम लिन सकिने समय छ । मेहनत खेर जानेछैन । व्यवसायका लागि यात्राको सम्भावना छ । दाम्पत्य जीवन सुखद रहला । साझेदारीको काम बन्ने छ । खेलकूद तथा मनोरञ्जनात्मक क्रियाकलापमा आकर्षण रहला । अनुकूलता वृद्धि हुनेछ ।
बृष
मिश्रित फलदायी समय छ । कसैबाट प्राप्त अस्वभाविक प्रलोभनले अप्ठ्यारोमा परिएला । यसले तपाईंको स्वतन्त्रतामा बाधा गर्न सक्छ । स्वास्थ्य केही कमजोर रहन सक्छ, सजग रहनुहोला । उद्योग तथा व्यापारमा सामान्य फाइदा मिल्ने छ । नियमित कार्यमा सहयोगी हात झिक्नाले केही समस्या थपिने देखिन्छ ।
मिथुन
उत्साहजनक समाचारले हर्ष बढे पनि लगानी, दौडधुप, श्रम र प्रयत्नको उचित मूल्य नपाइने समय छ । चिताएको काम पुरा हुन मुस्किल पर्ने देखिन्छ । कृषि तथा पशुपालनको व्यवसाय गर्नेका लागि खर्च बढ्ने योग छ । प्रतिकुलताका बाबजुद आँट पराक्रम बढ्ने छ ।
कर्कट
पारिवारिक सुखशान्ति बढ्नुको साथै नियमित कार्यमा जाँगर वृद्धि हुने समय छ । आश मारेको काम बन्नाले उत्साह जागृत होला । सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । आम्दानी बढ्नुका साथै भौतिक साधन जुटाउन सकिनेछ । नयाँ सवारी साधन प्राप्तिको योग छ ।
सिंह
आजको दिन धार्मिक अनुष्ठान तथा मंगलमय काम सम्पादन हुन सक्छन् । व्यवसायमा पनि लाभ होला । नियमित कार्यमा जाँगर बढ्ने छ । गुरुजनको विशेष सहयोग जुट्ने छ । विभिन्न अवसरले पछ्याउनेछन् भने बोलीको प्रभाव पनि बढ्नेछ । पराक्रम वृद्धि र धनलाभको योग छ । रसरागको भाव वृद्धि हुनेछ । कार्यक्रममा आकर्षण बढ्ने छ । यात्रा गर्नु हुनेछ । शुभता बढ्ला ।
कन्या
नयाँ कामको सुरुवात खासै राम्रो छैन । निश्चय भएको काम अचानक बिग्रन सक्छ । विश्वास गरिएका साथीभाइबाट धोका होला । आश्वासन दिएर झुक्याउनेहरूले सताउन सक्छन्, सजग रहनुहोला । विशेष योजना कार्यान्वयनमा गोपनीयतामा ध्यान दिँदै सचेत रहनु हितकर होला । पुरानो समस्याले केही झमेला आइलाग्न सक्छ । दाम्पत्य सम्बन्धमा पनि चिसोपन आउने सम्भावना छ ।
तुला
विभिन्न अवसर जुर्नुका साथै कीर्तिमानी काम सम्पादन हुनसक्ने समय छ । दैनन्दिन कार्यमा भने केही हैरानी बढ्न सक्छ । पारिवारिक भेटघाटको समय छ । टाढिएका आफन्तहरू नजिकिने छन् । रचनात्मक कार्यहरू सार्थक परिणामदायी रहलान् । खेलकुद, भ्रमण जस्ता क्रियाकलापमा आकर्षण बढ्ने छ । सुख सुविधाको वस्तु खरिदमा खर्च बढ्न सक्छ ।
वृश्चिक
सामाजिक काममा रुचि बढ्ने र तपाईंबाट भए गरिएका कामबाट धेरैलाई फाइदा पुग्ने समय छ । सानातिना समस्या आइरहे पनि दिन मनोरञ्जनपूर्ण रहला । पढाइलेखाइमा प्रगति हुनेछ । बुद्धिको उपयोगले लक्ष्य प्राप्त गर्न सकिनेछ । खर्च भने केही वृद्धि हुने देखिन्छ । मिठो भोजन प्राप्त हुनेछ ।
धनु
एउटै कामबाट दोहोरो लाभ मिल्ने समय छ । विशेष योजनाहरू बन्नेछन् । सरसफाइ, वागबगैंचासम्बन्धी कार्यमा विशेष आकर्षित होइएला । आय वृद्धिका साथै उन्नति पदोन्नतिको योग छ । पढाइलेखाइमा प्रगति हुनेछ । नयाँ ज्ञान सिक्ने मौका जुर्ला । आत्मीयजनसँगको भेटघाटले खुशी प्रदान गर्ने छ । मिठो भोजन प्राप्त हुनेछ ।
मकर
आजको दिन काममा अवरोध गर्न खोज्ने तथा पीडा दिनेहरु सक्रिय रहन सक्छन्, सावधान रहनुहोला । केही कामका अवसर फुत्कने सम्भावना रहेकोले सचेतना को दरकार छ । नयाँ काममा हात हाल्न केही समय पर्खनुहोला, गरीआएको कामलाई भने निरन्तरता दिन सकिने छ । आफन्त एवम् मित्रजनको साथ सहयोगले शत्रुसित लड्ने सामथ्र्य बढ्ने छ ।
कुम्भ
सामर्थ्य वृद्धिका कारण भूमि, वाहन र पैत्रिक सम्पत्तिको उपयोगबाट राम्रो लाभ उठाउन सकिने समय छ । प्रतिभा देखाएर अवसर हातपार्न सकिनेछ । लगनशीलताले विशेष उपलब्धि दिलाउला । घरमै बसेर पनि विभिन्न काम सम्पादन गर्न सकिनेछ । मिठो भोजन प्राप्त होला ।
मीन
खर्च र जोखिम केही बढे पनि मेहनतले प्रतिस्पर्धाको दौड जिताउने समय छ । भौतिक साधन जुट्नेछन् भने कृषि तथा पशु व्यवसायबाट विशेष लाभ हुनेछ । प्राकृतिक पर्यावरणमा रमाइएला । नियमित कार्यमा अभिभावकजनको सहयोग प्राप्त होला । रसरागमा आकर्षण रहनेछ, दाम्पत्य सुख बढ्ने छ ।