असोज १२ गते तपाईको राशी कति शुभ?

0 Shares

आज मिति २०८२ असोज १२ गते आइतबार । सन् २०२५ सेप्टेम्बर २८ तारिख । नेपाल सम्बत ११४५ कौलाथ्व षष्ठी, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायन, शरद ऋतु, असोज शुक्ल षष्ठी तिथि । आज बिहान ५ बजेर ५५ मिनेटमा झुल्किएको घाम साँझ ५ बजेर ५६ मिनेटमा अस्ताउने छ । अब सुरु गरौँ आजको राशिफलः

मेष

आजको दिन सफलता र सुखका दृष्टिले मध्यम रहने देखिन्छ । प्रयत्नका बाबजुद मौकाको फाइदा उठाउन खासै नसकिएला । सवारी साधनको प्रयोग गर्दा विशेषा सावधानी अपनाउनुहोला । दीर्घकालीन रुपमा फाइदा हुने काममा हात हाल्ने समय छ । तार्किक क्षमता बढ्नेछ भने विशेष सभा समारोहमा भाग लिने मौका प्राप्त हुने देखिन्छ ।

बृष

रुचिका विषयमा लगानी बढाउने समय छ । व्यापारलगायत आर्थिक लाभ हुने काममा राम्रै फाइदा हुने देखिन्छ । व्यवसायमा लाग्नेलाई विशेष फाइदा पुग्ने योग छ । प्रेमभाव वृद्धिका साथै रसरागात्मक क्रियाकलापमा आकर्षण रहला । इर्ष्या गर्नेहरूले काममा अवरोध गर्न सक्छन्, होसियार रहनुहोला । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ ।

मिथुन

सामाजिक कार्य तथा परोपकारमा मन जाने समय छ । परिवारजनको साथले काममा उत्साह जगाउला । तर सानातिना काममा अल्झनुपर्दा मुख्य काममा अवरोध हुन सक्छ । प्रेम र मित्रताको बन्धन कसिनेछ भने दाम्पत्यजीवन सुखमय बन्ने देखिन्छ । स्वास्थ्य केही कमजोर रहन सक्छ ।

कर्कट

आजको दिन सानातिना काममा महत्वपूर्ण समय बित्न सक्छ । अस्वस्थताले काममा ढिलासुस्ती हुन सक्छ । कमजोर स्वास्थ्यका बाबजुद कामको दायित्व बढ्ने देखिन्छ । अप्रिय समाचारले दुःखी तुल्याउन सक्छ । यात्रागत कार्यमा आंशिक सफलता मिल्नेछ । मिठो भोजन प्राप्त होला ।

सिंह

नियमित कार्यमा जाँगर बढ्ने समय छ । राम्रै आम्दानी हुने रोजगारीको अवसर मिल्न सक्छ, तर नयाँ काममा हात हाल्न केही समय पर्खनु हितकर होला । बेसुरमा अरूलाई दिएको वचनले अप्ठ्यारोमा पार्नसक्ने योग छ, ध्यान राख्नुहोला । पढाइलेखाइमा खासै रुचि नरहन सक्छ । व्यापारमा पनि सोचेको फाइदा नउठ्ने देखिन्छ ।

कन्या

पछिसम्म लाभ हुने काममा लगानी गर्ने अवसर प्राप्त हुनेछ । व्यापारमा राम्रै फाइदा हुनेछ भने आँटेका काम तत्काल सम्पादन हुने समय छ । विभिन्न सहयोग र उपहार पाइने योग छ । भौतिक साधन जुट्नाले आयआर्जन पनि राम्रै रहला । अतिथिका रूपमा कतै सम्मान समेत पाइने देखिन्छ ।

तुला

मेहनत गर्दा राम्रै प्रतिफल प्राप्त हुने समय भएपनि आजको दिन स्वास्थ्यगत समस्याले केही सताउने सम्भावना छ, सजग रहनुहोला । सहयोगीहरूले काममा उत्साह जगाउने छन् भने रोकिएका काम बन्ने एवम् चाहेमा नयाँ काम सुरु गर्न सकिनेछ । लगानी वृद्धि होला । अनावश्यक भ्रमण हुन सक्छ ।

वृश्चिक

मिश्रित फलदायी समय छ । जागिरमा उत्साह वृद्धि र व्यावसायिक काममा खर्च बढ्ने देखिन्छ । सहयोगको आशा देखाउनेहरूले धोका दिन सक्छन्, सचेत रहनुहोस् । तथापि, प्रतिस्पर्धीलाई पछि पार्न सकिनेछ । कृषिकर्मबाट आय वृद्धि हुनेछ । मिठो भोजन प्राप्त होला । बौद्धिक तथा रचनात्मक कार्यमा सफलता मिल्ने छ ।

धनु

सानातिना काम र घरेलु समस्या देखापर्ला । विगतका समस्या बल्झिन सक्छन् । विद्यामा कमजोरी र लेनदेनमा विवाद हुने योग छ, आर्थिक कारोबारमा विशेष सजग रहनुहोला । पुरुषार्थद्वारा अधिकार स्थापित गर्न सकिने छ । लामो समयदेखि रोकिएको कुनै विशेष काम बन्नाले उत्साह जाग्ने योग छ ।

मकर

कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्ने समय छ । कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । चिताएको काम सम्पादन हुन केही मिहेनत पर्ला । आफू कमजोर भएको अनुभूति हुन सक्छ । परिश्रमअनुसार फाइदा कमै होला । तथापि, प्रतिस्पर्धीलाई जित्ने सामर्थ्य बढ्ने छ ।

कुम्भ

कामको चापबाट फुर्सद पाइने दिन छ । सुखदुःखमा साथ दिनेहरू भेटिनेछन् भने विभिन्न अवसरले पछ्याउने देखिन्छ । बोली र ब्यक्तित्वको प्रभाव पनि बढ्नेछ । ठीक समयमा सही निर्णय लिन सकिएला । रमाइलो यात्राको अवसर जुट्ला । मिठो भोजन प्राप्त हुनेछ ।

मीन

उपलब्धि प्राप्त गर्न निकै मिहिनेत गर्नुपर्ने र काम पूरा नहुनाले मन खिन्न रहनसक्ने समय छ । अरूका काममा समय बित्न सक्छ । आफन्त तथा नजिकका साथीभाइ टाढिन सक्छन् । अरूको फाइदाका लागि उपयोग भइनेछ भने परिस्थिति आफ्ना लागि अलिक प्रतिकूल बन्ने सम्भावना छ ।

सम्बन्धित समाचार