0
Shares
काठमाडौं । नेपाली बजारमा यो साता सुनको मूल्य सामान्य वृद्धि भएको छ । गत साताको शुक्रबारभन्दा यो साताको अन्तिम कारोबार दिन सुनको मूल्य ३०० रुपैयाँले बढेको हो ।
गत साताको शुक्रबार सुनको मूल्य तोलामा एक लाख ३९ हजार रुपैयाँ थियो । यो सातासम्म आइपुग्दा एक लाख ३९ हजार ३०० रुपैयाँ पुगेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो साताको शुक्रबार छापावाल सुनको मूल्य एक लाख ३९ हजार ३०० रुपैयाँ पुगेको हो । यस्तै, तेजाबी सुनको मूल्य तोलामा एक लाख ३८ हजार ६५० रुपैयाँ कायम छ । यो नेपाली बजारमा अहिलेसम्मकै उच्च मूल्य हो ।
यो साता चाँदीको मूल्य भने घटेको छ । चाँदीको मूल्य प्रतितोला ३० रुपैयाँले घटेको हो ।
योसँगै यो साता चाँदीको मूल्य तोलामा १७ सय २० रुपैयाँ कायम छ । गत साताको शुक्रबार तोलामा १७ सय ५० रुपैयाँ पुगेको थियो ।